close

निःशुल्क १० दिने आईटी तालिम दिँदै कागेश्वरी मनोहरा नगरपालिका, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

कात्तिक १५, २०८२ १३:३

निःशुल्क १० दिने आईटी तालिम दिँदै कागेश्वरी मनोहरा नगरपालिका, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले जेनेस सोलुसनसँगको सहकार्यमा निःशुल्क १० दिने आईटी तालिम कार्यशाला र तीन महिने विस्तारित सिकाई कार्यक्रम आयोजना गर्ने भएको छ । नगरपालिकाभित्रका युवाहरूलाई रोजगारीमुखी बनाउने र उनीहरूलाई आफ्नै नगरपालिकामा अवसर सिर्जना गरि डिजिटल साक्षरता र कार्यस्थल तत्परता बढाउने उद्देश्यले निःशुल्क १० दिने आईटी तालिम कार्यशाला सुरु गर्न लागेको हो । 

नगरपालिकाले २१ कात्तिकदेखि तालिम सुरु गर्दैछ । १० दिने तालिम कार्यशालामा आफ्नो सहभागिता जनाउनको लागि नगरपालिकाले गुगल फर्ममार्फत आवेदन दिन आग्रह गरेको छ । यहाँ क्लिक गरी आवेदन फाराम भर्न सकिनेछ ।

तालिम क्लाउड कम्प्युटिङ, डिजिटल मार्केटिङ, यूआई/यूएक्स डिजाइन, प्रोग्रामिङ (पाइथन), आधारभूत साइबर सुरक्षा, डेटाबेस म्यानेजमेन्ट (एसक्यूएल) र नेटवर्किङ विषयमा केन्द्रित रहने बताइएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसनबिच डिजिटल साक्षरता र कार्यस्थल तत्परता बढाउने उद्देश्यले पाँचवटा १० दिने आईटी तालिम कार्यशाला र तीन महिने विस्तारित सिकाइ कार्यक्रम सञ्चालन गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १३:३