आईफोनको ब्याट्री लाइफ बढाउन चाहनु हुन्छ ? डिएक्टिभेट गर्नुहोस् यी ३ तीन सेटिङ
कात्तिक १५, २०८२ १७:३२
काठमाडौँ । आईफोन प्रयोगकर्ताहरूले आफ्नो ब्याट्रीको आयु बढाउनको लागि तीन वटा मुख्य सेटिङहरू निष्क्रिय पार्नुपर्ने देखिएको छ । यी सेटिङहरूले पृष्ठभूमिमा धेरै पावर खपत गर्ने गर्दछन्, जसले गर्दा ब्याट्री चाँडै सकिन्छ ।
यी पावर-हङ्ग्री (धेरै ऊर्जा खपत गर्ने) सेटिङ बन्द गर्दा ब्याट्री लाइफमा धेरै सुधार गर्न सकिन्छ । सबैभन्दा पहिला आफ्नो ब्याट्री हेल्थ मेनु जाँच गर्नुहोस् । यदि ८०% भन्दा माथि छ भने यी सरल उपायहरूले घण्टौँ अतिरिक्त ब्याट्री लाइफ दिन सक्छन् ।
१. लक स्क्रिनमा विजेटहरू बन्द गर्नुहोस्
लक स्क्रिनमा रहेका सबै विजेटहरूले तपाईँका एपहरूलाई पृष्ठभूमिमा स्वचालित रूपमा चलाउन बाध्य पार्छन् । यी एपहरूले गेमको स्कोर वा मौसम जस्ता जानकारी अपडेट गर्न निरन्तर डेटा फेच गरिरहेका हुन्छन् ।
यस कारणले लगातार पावर खपत हुन्छ । आईओएस १८ मा ब्याट्री जोगाउनको लागि लक स्क्रिन (र होम स्क्रिन) मा विजेटहरू प्रयोग नगर्नु उत्तम उपाय हो ।
२. आईफोन यूआईको मोसन कम गर्नुहोस्
आईफोनको युजर इन्टरफेसमा रमाइला र चिल्ला एनिमेसनहरू हुन्छन् । एपहरू खोल्ने र बन्द गर्ने तरल गति वा एप्पल इन्टेलिजेन्स मार्फत सिरी सक्रिय गर्दा देखा पर्ने रङ्गहरूको प्रस्फुटन यसका उदाहरण हुन् ।
यद्यपि यी भिजुअल ट्रिक्सहरूले तपाईँको फोनको ब्याट्री लाइफ घटाउन सक्छन् । यसलाई कम गर्नका लागि Settings > Accessibility > Motion मा गएर Reduce Motion अन गर्नुपर्छ ।
३. आईफोनको किबोर्डको ह्याप्टिक फिडब्याक बन्द गर्नुहोस्
आईओएस १६ सँगै आईफोनमा थपिएको 'ह्याप्टिक फिडब्याक' नामक किबोर्ड ह्याप्टिक फिडब्याक फिचरले टाइप गर्दा प्रत्येक किमा भाइब्रेसन दिन्छ । जसले थप इमर्सिभ अनुभव प्रदान गर्छ ।
तर यो फिचरले तपाईँको आईफोनको ब्याट्री लाइफलाई असर गर्न सक्छ । ब्याट्री बचाउनको लागि यो फिचर निष्क्रिय राख्नु राम्रो हुन्छ । यद्यपि यो डिफल्ट अर्थात् पूर्वनिर्धारित रूपमा सक्रिय हुँदैन ।
यसलाई Settings > Sounds & Haptics > Keyboard Feedback मा गएर Haptic टगल अफ गरेर बन्द गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १७:३२
