close

गुगलको जेमनाई एआईमा थपियो डकुमेन्टलाई प्रिजेन्टेसन बनाइदिने फिचर, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

कात्तिक १५, २०८२ १९:३१

गुगलको जेमनाई एआईमा थपियो डकुमेन्टलाई प्रिजेन्टेसन बनाइदिने फिचर, कसरी गर्ने प्रयोग ?

काठमाडौँ । गुगलको एआई टुल जेमनाईले अब डकुमेन्टलाई प्रिजेन्टेसन बनाइदिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ अपडेटमा यस्तो सुविधा थपिएको हो । 

जेमनाईको क्यानभासमा गएर यो फिचर प्रयोग गर्न सकिन्छ । यो फिचरपछि अब ठुला र जटिल डकुमेन्टमार्फत स्लाइड बनाउन सजिलो हुने भएको छ । त्यस्तै स्लाइड बनाउँदा एआई टुलले भिजुअल समेत बनाइदिन्छ । यसका लागि डकुमेन्ट र प्रम्प्ट दिए मात्र पुग्ने कम्पनीले बताएको छ । यो फिचरपछि स्लाइड बनाउन सजिलो हुने भएको हो । 

त्यस्तै एआई टुल जेमनाईले बनाउने स्लाइडलाई गुगल स्लाइड्समा लान सकिने र एडिट गर्न सकिने बताइएको छ । 

जेमनाईबाट यसरी बनाउनुहोस् डकुमेन्टलाई स्लाइड:

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर वेब भर्सन अथवा मोबाइलबाट जेमनाई खोल्नुस् ।

  • त्यसपछि टुलबारमा गएर क्यानभासमा जानुहोस् । 

  • अनि डकुमेन्ट अपलोड गर्नुहोस् र 'Create a Presentation' सहितको प्रम्प्ट लेख्नुहोस् । यसमा तपाईँले सकेसम्म आफ्नो आवश्यकता अनुसारको विवरण दिनुस् ।

  • यति गरेपछि तपाईँको प्रम्प्ट अनुसार केही बेरमै स्लाइड तयार हुने छ ।

 

यद्यपि गुगलले यो फिचर सुरुमा प्रो सब्सक्राइबरलाई मात्र दिइएको छ । तर गुगलका अनुसार केही हप्तापछि यो फिचर नि:शुल्क प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १९:३४