अनलाइनमा ब्रान्ड शपिङलाई थप विश्वसनीय बनाउन दराजमलको अथेन्टिसिटी ग्यारेन्टी
कात्तिक १८, २०८२ १०:१९
काठमाडौँ । ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको आफ्नो बृहत् सेल ११.११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ ।
यसले ग्राहकहरूलाई विश्वसनीय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने विश्वास कम्पनीले लिएको छ । दराजमल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल भएको दाबी कम्पनीले गरेको छ ।
दराजका अनुसार कम्पनीले हाल १,५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्रान्ड आफ्नो प्लेटफर्म मार्फत उपलब्ध गराउँदै आइरहेको छ । यसमा फेसन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइल लगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन् ।
दराजमलमा उपलब्ध लोकप्रिय ब्रान्डहरूमा साओमी, वनप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाइक र एडिडास लगायत रहेका छन् । नयाँ दराजमलको डिजाइनमा पर्पल रँग प्रयोग गरिएको छ । यसले ब्रान्डको नयाँ पहिचानमा विशेष ध्यान दिँदै मौलिकता, नवप्रवर्तन र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिविम्बित गरेको छ ।
दराज एप वा वेबसाइटको होमपेजमा रहेको दराजमल च्यानलमार्फत ग्राहकहरूले दराजमल सम्म सहजै पहुँच बनाउन सक्नेछन् । मल ब्याज भएका उत्पादनहरू आधिकारिक ब्रान्ड पार्टनरबाट मात्र यसमा उपलब्ध हुने भएकाले ग्राहकहरूले मौलिकता र सेवा दुवैमा पूर्ण भरोसा तथा विश्वसनीयताको प्रत्याभूति पाउन सक्ने बताइएको छ ।
यसका साथै हरेक खरिदमा उपभोक्ताले ग्यारेन्टेड अथेन्टिसिटीका साथै विश्वसनीय तथा भरपर्दो सेवाको सुनिश्चितता पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ १०:१९
