close

स्मार्ट वाचमा ७ हजार छुट, १२ हजार पर्ने अल्टिमा नेभिगेटर ५ हजारमै पाइने

टेकपाना टेकपाना

कात्तिक २४, २०८२ १५:४०

स्मार्ट वाचमा ७ हजार छुट, १२ हजार पर्ने अल्टिमा नेभिगेटर ५ हजारमै पाइने

काठमाडौँ । अल्टिमाले ११.११ मौकामा नयाँ स्मार्टवाच अल्टिमा नेभिगेटर सार्वजनिक गरेको छ । कम्पनीले यो अवसरमा १२ हजार रुपैयाँ पर्ने स्मार्टवाचमा सात हजार रुपैयाँ छुट दिने भएको हो । 

राउन्ड शेप, एस्थेटिक लुक्स सहित मेटालिक फिनिशमा आएको यो वाचमा १००० निट्स ब्राइटनेससहितको १.४३ इन्चको एमोलेड डिस्प्ले रहेको छ । एसपीओ२, स्लिप ट्राकिङ, हर्ट रेट मनिटरिङ लगायत स्वास्थ्य सम्बन्धी विभिन्न फिचर पनि यो वाचमा  पाउन सकिन्छ । 

त्यस्तै ब्लुटुथ भर्सन ५.३ मा आधारित यो स्मार्टवाचमा सामान्य प्रयोगमा पाँचदेखि सात दिनसम्म टिक्ने ब्याट्री रहेको दाबी  कम्पनीले गरेको छ । वाचले ३ एटीएम वाटर रेजिस्टेन्स पनि पाएको बताइएको यो वाच फिटबिङ एपमा कनेक्ट पनि गर्न सकिन्छ । 

अल्टिमाका अनुसार यो वाचमा ३०० एमएएच क्षमताको ब्याट्रीका साथै १०० भन्दा धेरै स्पोर्ट्स मोड, २०० बढी वाच फेस पनि पाउन सकिन्छ । यसका लागि १२ हजार मूल्य तोकिएको । 

तर लन्च अफरको रूपमा यो स्मार्टवाच पाँच हजार रुपैयाँमै किन्न सकिनेछ । यही १० देखि २२ नोभेम्बरसम्म चल्ने अल्टिमा क्रेजी ११.११ को अवसरमा एड टु  कार्ट गरेर थाइल्यान्ड ट्रिप समेत जित्न सकिनेछ । जुन दराज, अल्टिमाको आधिकारिक वेबसाइट तथा कौशलटार, पुल्चोक, पुतली सडक र नयाँ बानेश्वरमा रहेका अल्टिमा स्टोरमा हुदैँछ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १५:४०