एआई फिचर भएको गोदरेज ‘इओन रेगालिस फ्रन्ट लोड वाशिङ मसिन’ नेपाली बजारमा
कात्तिक २५, २०८२ १६:३८
काठमाडौँ । गोदरेज अप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस (८ केजी) फ्रन्ट लोड वाशिङ मसिन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्समार्फत यो मसिन नेपाल ल्याएको हो ।
यो नयाँ मोडेल नेपाली घरपरिवारका लागि विशेषगरी जाडोको मौसममा एउटा राम्रो लन्ड्री सोलुसन बन्ने अपेक्षा गरिएको छ । यसलाई उत्कृष्ट धुलाइ गुणस्तर, कपडाको जतन र अतुलनीय सुविधा प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
इओन रेगालिस मसिनको मुख्य विशेषता भनेको यसमा रहेको एआई-पावर्ड टर्बिडिटी सेन्सर (AI-Powered Turbidity Sensor) हो । एड्भान्स अटो टर्बिडिटी सेन्सर र एआई प्रविधिले पानीमा लुगाको मैलो स्तर स्वचालित रूपमा पत्ता लगाउँछ र त्यसै अनुसार धुलाइ प्रक्रिया समायोजन गर्छ ।
यसले बुद्धिमतापूर्वक पानीको प्रयोगलाई कस्टमाइज गर्छ र आवश्यकता अनुसार थप रिन्स चक्र (extra rinse cycles) थप गर्दछ । यसले गर्दा लुगा स्वच्छताको दृष्टिले सफा र संवेदनशील छालाका लागि सुरक्षित हुन्छन् भन्ने कुरा सुनिश्चित हुन्छ ।
यो मसिन जाडोको लुगा धुलाइका मौलिक चुनौतीहरू, जस्तै गहिरो मैला लुगा र चिसो तथा आद्र अवस्थामा स्वच्छताको आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको छ । मसिन हिटर + एनटीसी + टर्बिडिटी प्रणालीले सुसज्जित छ ।
जसले ९५ डिग्री सेल्सियसको धुलाइ तापक्रम प्रदान गर्दछ । यो उच्च तापक्रमले जिद्दी दाग र कीटाणुहरू हटाउँदै अस्पताल-स्तरको सफाइ दिने र जाडोमा स्वच्छता कायम राख्न आदर्श मानिने कम्पनीको दाबी छ ।
इओन रेगालिसले हरेक प्रकारको कपडाका लागि सेवा प्रदान गर्न १२ वटा विशेष धुलाइ प्रोग्राम समावेश गरेको छ । यी प्रोग्रामहरूमा मिक्स फ्याब्रिक, कटन, वुलन्स, बेबी केयर, स्पोर्ट्स शु, बल्की र क्विक १५ मिनेट वाश जस्ता मोडहरू समावेश छन् ।
यसमा रहेको फ्याब्रिसेफ ड्रम (FabriSafe Drum) डिजाइन र सुपर ड्राइङ (Super Drying) फिचरले गर्दा स्वेटर र सल जस्ता गह्रौँ जाडोका लुगाहरू पनि अझ सफा र सुकेको अवस्थामा निस्कन्छन् ।
मसिनमा समावेश डिजिटल इन्भर्टर बीएलडीसी मोटर (१४०० आरपीएम) ले शान्त, स्थिर र ऊर्जा-किफायती धुलाइ सुनिश्चित गर्दछ । ग्राहकहरूको मनको शान्तिका लागि यसमा १० वर्षको मोटर वारेन्टी र सम्पूर्ण उत्पादनको २ वर्षको विस्तृत प्रोडक्ट वारेन्टी प्रदान गरिएको छ ।
प्रयोगकर्ताको सुविधाका लागि मसिनमा क्विक १५-मिनेट वाश, डिले स्टार्ट, चाइल्ड लक, अटो रिस्टार्ट, एड क्लोथ्स र मेमोरी इन्टरप्सन जस्ता विशेषताहरू छन् । यसको टच-कन्ट्रोल एलसीडी प्यानल, प्रिमियम एलईडी नब र मेटालिक-ब्ल्याक फिनिशले कुनै पनि आधुनिक घरको सुन्दरतालाई थप बढाउँछ ।
गोदरेज इओन रेगालिस एआई फ्रन्ट लोड वाशिङ मसिन हाल सीजी इलेक्ट्रोनिक्सका शोरूम र नेपालभरका अधिकृत खुद्रा विक्रेता कहाँ उपलब्ध छ । जसलाई सीजीको विश्वसनीय विक्री पछिको सेवा नेटवर्कले सहयोग गरेको छ । ८७ हजार ४९० रुपैयाँ मूल्य राखिएको यो वाशिङ मसिन अफर प्राइसको रूपमा ७१ हजार ४९० रुपैयाँमै खरिद गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ १६:३८
