close

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुको १५ वर्ष पुरा, वार्षिकोत्सवमा विशेष अफर

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ १९:९

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुको १५ वर्ष पुरा, वार्षिकोत्सवमा विशेष अफर

काठमाडौँ । ११ नोभेम्बर, २०१० मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ । एउटा सानो स्टार्टअपको रूपमा सुरु भएको फुडमाण्डुले १५ वर्षको यो यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ ।

कम्पनीले नेपालभरका हजारौँ ग्राहक तथा रेस्टुरेन्टहरूलाई जोड्दै आफूलाई एउटा परिचित ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ । हाल फुडमाण्डुले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवल लगायतका प्रमुख सहरहरूमा आफ्नो सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले यी सहरहरूमा एक हजारभन्दा बढी रेस्टुरेन्टमार्फत डेलिभरी सेवा दिइरहेको छ । फुडमाण्डुले आफ्नो सेवामार्फत धेरै डेलिभरी राइडरहरूका लागि रोजगारीका अवसरहरू पनि सिर्जना गरेको छ ।

कम्पनीले ग्राहकहरूको मनपर्ने परिकारहरू घरमै उपलब्ध गराउने तरिकामा क्रान्ति ल्याउनुका साथै रेस्टुरेन्टहरूलाई थप ग्राहकहरूसम्म पुग्न र आफ्नो व्यवसाय बढाउन सहयोग पुर्‍याएको छ । साथै फुडमाण्डुले दैनिक उपभोग्य सामग्रीहरूको तत्काल डेलिभरी सेवाको रूपमा फुडमाण्डु वनमार्ट पनि सञ्चालन गरिरहेको छ ।

वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भनेका छन्, “पन्ध्र वर्षअघि हामीले ग्राहकहरूलाई घरमै मनपर्ने खाना सजिलै उपलब्ध गराउने साधारण सोचका साथ फुडमाण्डुको सुरुवात गरेका थियौँ । आज हामीले प्राप्त गरेको सफलता हाम्रा लागि गर्वको विषय हो । यो उपलब्धि हाम्रा रेस्टुरेन्ट साझेदारहरू, समर्पित राइडरहरू र सबैभन्दा महत्त्वपूर्ण हामीमाथि विश्वास गर्ने हाम्रा सन्तुष्ट ग्राहकहरूकै कारण सम्भव भएको हो ।”

फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले यो १५ वर्षको यात्रा अविस्मरणीय रहेको बताइन् । "हामी पहिलो दिनजस्तै उत्साहका साथ 'खानासँगै खुसी' डेलिभरी गर्ने हाम्रो प्रतिबद्धतामा निरन्तर काम गरिरहेका छौँ," उनले भनिन् ।

कम्पनीले भविष्यमा अझ धेरै रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रियालाई थप सरल बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यस विशेष अवसरको सम्झनामा फुडमाण्डुले २५ कात्तिकदेखि १४ मङ्सिरसम्म विशेष उत्सव अफर पनि ल्याएको छ । जस अन्तर्गत अन्तर्गत काठमाडौँ, पोखरा, चितवन र बुटवलका २०० (दुई सय) भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारहरूमा छुट उपलब्ध हुनेछ । यी छुटहरूमा इन्डियन, अमेरिकन, मेक्सिकन, कोरियन लगायतका विभिन्न परिकारहरू समावेश छन् ।"

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ १९:९