close

मतदाता नामावली दर्ता गर्न जानेलाई प्रत्येक राइडमा ५० रुपैयाँ छुट दिँदै पठाओ

टेकपाना टेकपाना

कात्तिक २६, २०८२ १०:१५

मतदाता नामावली दर्ता गर्न जानेलाई प्रत्येक राइडमा ५० रुपैयाँ छुट दिँदै पठाओ

काठमाडौँ । राइड शेयरिङ एप पठाओले मतदाता नामावली दर्ता गर्न जाने नागरिकलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका प्रयोगकर्तालाई निर्वाचन कार्यालयसम्म आउजाउ गर्ने सहजताका लागि प्रति राइड ५० रुपैयाँ छुट दिने भएको हो ।

कम्पनीका अनुसार काठमाडौँ, ललितपुर वा भक्तपुरको जिल्ला निर्वाचन कार्यालयसम्म जान र आउन पठाओ राइड बुक गर्दा यस्तो छुट पाउन सकिनेछ । यस किसिमको छुट पाउन राइड बुक गर्ने समयमा पठाओ एपमा सम्बन्धित निर्वाचन कार्यालयको नाम समावेश गर्नुपर्ने हुन्छ ।

जसमा District Election Office, Min Bhawan, New Baneshwor, District Election Office, Sallaghari वा District Election Office, Jawalakhel लेख्नुपर्नेछ ।

यस्तै जिल्ला निर्वाचन कार्यालय, मिन भवन, नयाँ बानेश्वोर, जिल्ला निर्वाचन कार्यालय, सल्लाघारी वा जिल्ला निर्वाचन कार्यालय, जावलाखेल पनि राख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ १०:१५