निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीको फोन, ‘सर्भरमा देखिएको समस्या समाधान गर्नुहोस्’
कात्तिक २८, २०८२ १८:२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली सङ्कलनमा देखिएको प्राविधिक समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजो (बिहीबार)बाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।
जसका कारण सर्भरमा अधिक रिक्वेट आउँदा प्रणाली सञ्चालन गर्नै असहज परिस्थिति बनिरहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले सर्भरमा देखिएको समस्या समाधान गर्न निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आग्रह गरेकी छन् ।
शुक्रबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले समस्या समाधान गर्दै मतदाता नामावली सङ्कलनलाई सहज बनाउन आग्रह गरेकी हुन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १८:२
