काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा विराटनगर किङ्सको ‘अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर’ बनेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबिच सुबिसुका मार्केटिङ प्रमुख सुजनकृष्ण प्रधान र विराटनगर किङ्सको तर्फबाट म्याड ड्रिम्स स्पोर्ट्स प्रालिका निर्देशक राजेश बजरियाले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै सुबिसुका मार्केटिङ प्रमुख प्रधानले राष्ट्रिय टिमका खेलाडी सम्मिलित विराटनगर किङ्ससँग जोडिन पाउँदा उत्साहित भएको बताए । उनले भने, “राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने, प्रतिश जिसी लगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा जोडिन पाउँदा हामी निकै उत्साहित छौँ ।”
यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तर सहकार्य र प्रतिबद्धता दर्साएको पनि उनले उल्लेख गरे । प्रधानले आगामी दिनमा समेत सुबिसुले नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी विराटनगर किङ्सका निर्देशक बजरियाले सुबिसु जस्तो कम्पनीलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताए । यो सहकार्यले नेपालको खेलकुद विकासमा आफ्नो प्रयासलाई थप दृढ बनाएको उनको भनाइ थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १९:३६
