close

थपिए ५ लाख बढी नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै दुई लाख २५ हजार

टेकपाना टेकपाना

मंसिर १, २०८२ १३:५२

थपिए ५ लाख बढी नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै दुई लाख २५ हजार

काठमाडौँ । आइतबारसम्म कूल ५ लाख २७ हजार ६३७ नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने सुविधा थपिएपछि नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको हो । 

निर्वाचन आयोगकाअनुसार ३० कात्तिकसम्म निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक्स दिइ मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या तीन लाख दुई हजार ६२ जना पुगेको छ । यस्तै, राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या दुई लाख २५ हजार ५७५ छ । 

२७ कात्तिकदेखि मात्रै राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने सुविधा थपिएको थियो । जसअनुसार ३० कात्तिकको राति ९ बजेसम्म एक लाख ३६ हजार ३२९ पुरुष, ८९ हजार २३८ महिला र अन्य आठ जना गरी दुई लाख २५ हजार ५७५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

राष्ट्रिय परिचय पत्रमार्फत चार दिनको अवधिमा नयाँ मतदाता थपिएका हुन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय ५ मङ्सिरसम्म छ । राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै कसरी मतदाता नामावली दर्ता गराउने भन्ने जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् अथवा तलको भिडिओ हेर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १४:०