close

जेनजी खेलकुद मन्त्रीको पहलमा एनपीएल हेरेर घर फर्किनेलाई निःशुल्क बस सेवा

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १८:१८

जेनजी खेलकुद मन्त्रीको पहलमा एनपीएल हेरेर घर फर्किनेलाई निःशुल्क बस सेवा

काठमाडौँ । युवा तथा खेलकुद खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर फर्किनेलाई निःशुल्क बस सेवा सुरु भएको छ । जेनजी मन्त्री गुप्ताले साँझ ६ बजेदेखि ८ बजेसम्मका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको जानकारी दिएका हुन् ।

एनपीएल हेरेर घर फर्कने दर्शकहरूलाई रातको समयमा र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो मन्त्रालयमा गुनासो आएको थियो । त्यसैलाई मध्यनजर गर्दै मन्त्रालय र नेपाल क्रिकेट सङ्घको पहलमा क्रिकेट खेल हेरेर फर्किनेलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे ।

यसबाट आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध र अशक्तहरूको लागि सहजता हुनेछ । यसको लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको छ ।

यो सेवा बुधबारदेखि खेल अवधिभर बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ । टीयू गेट – स्वयम्भू – बालाजु, टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज, टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्‍वर – तीनकुने – गौशाला – चाबहिल र टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर गरी चार रुटमा यो निःशुल्क बस सेवा सञ्चालन हुनेछ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १८:१८