यी प्लेटफर्मको नाम लिएर ‘अनलाइन जब’ को प्रस्ताव आयो ? होसियार, तपाईं ठगिँदै हुनुहुन्छ !
मंसिर ६, २०८२ १७:७
सांकेतिक तस्बिर
काठमाडौँ । पछिल्लो समय ‘घरमै बसेर अनलाइनमार्फत लाखौं कमाउन सकिने’ प्रलोभन देखाएर ठगी गर्ने धन्दा फस्टाएको छ । ठगहरूले चर्चित विदेशी कम्पनीको नाम लिएर अनलाइन कामको बहानामा सर्वसाधारणलाई फसाउने गरेका छन् ।
सुरुवातमा ‘लगानी नै नगरी कमाउन सकिने’ भन्दै उनीहरूले विश्वास जित्न केही रकम दिन्छन् । तर, विस्तारै पीडित प्रलोभनमा पर्न थालेपछि लगानी गर्न लगाइन्छ । यसरी सुरुमा थोरै रकमबाट लगानी गराएर अन्त्यमा करोडौंसम्म जम्मा गर्न लगाई ठगी गर्ने गरेको पाइएको छ ।
यस्ता घटना व्यापक रूपमा बढेसँगै नेपाल प्रहरीले ती प्लेटफर्मको नाम जोड्दै आउने जागिरका प्रस्ताव ठगीको पासो हुन सक्ने भन्दै सचेत गराएको छ ।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, “सामाजिक सञ्जाल फेसबुकका 'स्पोन्सर्ड एड्स' मार्फत विभिन्न ई-कमर्स प्लेटफर्महरूको नाम प्रयोग गरी अनलाइन जबका नाममा बारम्बार रकम लगानी गर्न लगाउने र घरमै बसीबसी कमाउन सकिने झुटो आश्वासन दिई ठगी गर्ने प्रवृत्ति बढेको छ । तसर्थ, प्रयोगकर्ताहरूलाई यस्ता प्रलोभनमा नपर्न अनुरोध गरिन्छ ।”
नेपालमा यी प्लेटफर्मको नाम लिएर ठगी गर्ने गतिविधि भइरहेकाले यस्ता प्रस्ताव आउँदा विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
-
SMC
-
Monica Vinader
-
Temu
-
Ikea
-
Modani
-
Zamzam
-
Etsy
-
Jumia
-
Travelocity
-
Tucan Travel
-
Online Jon
-
ORM
-
Ixigo
-
Room and Board
-
Butterfield & Robinson
पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ १८:२४
