काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू मोबाइलमै प्रत्यक्ष हेर्न मिल्ने गरी ‘एनपीएल प्ले प्याक’ सार्वजनिक गरेको छ । एनपीएलको दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिशहोम गो एपसँगको सहकार्यमा एनसेलले यो प्याक ल्याएको हो ।
करसहित २९९ रुपैयाँ पर्ने यो प्याक खरिद गरेर ग्राहकले डिशहोम गो एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न सक्नेछन् । यो प्याकमा ग्राहकले २८ दिनका लागि मान्य हुने १ जीबी डेटा समेत प्राप्त गर्नेछन् ।
एनसेल एप वा *१२३# डायल गरी यो प्याक खरिद गर्न सकिन्छ । साथै देशभर रहेका एनसेलका खुद्रा विक्रेताहरूमार्फत पनि प्याक लिन सकिने व्यवस्था छ । प्याक खरिद गरेपछि ग्राहकको मोबाइल नम्बरमा एसएमएसमार्फत डिशहोम गो एपको लगइन विवरण प्राप्त हुने र सोही माध्यमबाट खेल हेर्न सकिने एनसेलको विज्ञप्तिमा उल्लेख छ ।
एनपीएलको ‘पावर्ड बाई’ पार्टनर समेत रहेको एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगितामा प्रहार हुने प्रत्येक ‘चौका’ (४ रन) बापत यस पटक पाि ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चार ओटा शैक्षिक सामग्री प्रदान गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ १७:५०
