काठमाडौँ । नेपालको डिजिटल ठेगाना प्रणाली 'कताहो'ले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । हालै ताइवानमा आयोजित एसिया प्यासिफिक आईसीटी अलायन्स (APICTA) अवार्डमा एड्रेसग्राफ नेपाल प्रालिले बनाएको 'कताहो' सेकेन्ड रनरअप भएको हो ।
यसले एपिक्टा अवार्डमा कम्युनिटी सर्भिसेज र आरएन्डडी प्रोजेक्ट अफ दि इयर गरी दुई वटै विधामा सेकेन्ड रनर-अपको स्थान सुरक्षित गरेको छ । जुन नेपालका लागि एउटा ठुलो उपलब्धि भएको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनिज (नास-आईटी) ले जनाएको छ ।
हरेक घरका लागि एउटा युनिक डिजिटल ठेगाना उपलब्ध गराउन, सेवा प्रवाहलाई सहज बनाउन र समुदायहरूमा समावेशीकरणलाई बढावा दिन यो प्रणाली डिजाइन गरिएको छ । नेपालको प्रतिनिधित्व गर्दै सो अवार्ड कार्यक्रममा तीन वटा आईसीटी कम्पनी, तीन वटा निर्णायक र इकोनोमी संयोजक सहभागी भएका थिए ।
पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ ११:६
