close

केन्ट वाटर प्युरिफायर किन्दा विश्वकपमा नेपाल-इङ्ग्ल्यान्ड खेल टिकेटसँगै ५ दिने मुम्बई प्याकेज!

टेकपाना टेकपाना

मंसिर २९, २०८२ १७:१२

केन्ट वाटर प्युरिफायर किन्दा विश्वकपमा नेपाल-इङ्ग्ल्यान्ड खेल टिकेटसँगै ५ दिने मुम्बई प्याकेज!

काठमाडौँ । पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ । Match Ready with Pure Water नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी, २०२६ मा मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल भर्सेस इङ्ग्ल्याण्डको आईसीसी टी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै, भाग्यशाली विजेताले ४ रात तथा ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन् ।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ । नेपालमा पनि स्थापित यो ब्रान्डअन्तर्गत अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायर उपलब्ध छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Kent [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनु पर्नेछ । योजना सीमित अवधिका लागि मात्र लागु बताइएको छ । जसमा सर्त तथा नियमहरू पनि लागु हुने छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १७:१२