close

चलचित्र विकास बोर्डले कलाकारलाई भन्यो: बलियो पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसन राख्नू

टेकपाना टेकपाना

पुस १२, २०८२ १८:३४

चलचित्र विकास बोर्डले कलाकारलाई भन्यो: बलियो पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसन राख्नू

काठमाडौँ । सामाजिक सञ्जालमार्फत कलाकारहरूको नक्कली पहिचान बनाएर ठगी गर्ने गिरोह सक्रिय भएपछि चलचित्र विकास बोर्डले सचेत रहन सबैलाई आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै बोर्डले कलाकारको नाममा भइरहेका साइबर अपराधका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता प्लेटफर्ममा कलाकारको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने र वास्तविक आईडी नै ह्याक गर्ने क्रम बढेको छ । यसरी सिर्जना गरिएका नक्कली प्रोफाइलबाट कलाकारका साथीभाइ, आफन्त तथा शुभचिन्तकहरूसँग विभिन्न बहानामा आर्थिक सहयोग माग गरी ठगी गर्ने काम भइरहेको छ ।

साइबर सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै बोर्डले सम्पूर्ण चलचित्रकर्मीहरूलाई आफ्ना सामाजिक सञ्जालका खाताहरू सुरक्षित राख्न सुझाव दिएको छ । बोर्डले आफ्ना अकाउन्टमा बलियो पासवर्ड राख्न र सुरक्षाको अतिरिक्त तहका रूपमा रहने ‘टु-फ्याक्टर अथेन्टिकेसन’ अनिवार्य रूपमा सक्रिय गर्न अनुरोध गरेको छ ।

सर्वसाधारण र शुभचिन्तकहरूलाई समेत सचेत गराउँदै बोर्डले कुनै पनि कलाकार वा चलचित्रकर्मीको नाममा कसैले पैसा मागेमा तत्काल विश्वास नगर्न आग्रह गरेको छ । 

 

 

 



पछिल्लो अध्यावधिक: पुस १२, २०८२ १८:३४