close

'१० मिनेट डेलिभरी' को विरोधमा भारतभर गिग कामदारको हड्ताल, सेवा प्रभावित हुने

टेकपाना टेकपाना

पुस १६, २०८२ १३:१२

'१० मिनेट डेलिभरी' को विरोधमा भारतभर गिग कामदारको हड्ताल, सेवा प्रभावित हुने

काठमाडौँ । १० मिनेट भित्रै डेलिभरी गर्नुपर्ने प्रावधानको विरोधमा भारतका गिग कामदारहरूको युनियनले देशव्यापी हड्ताल आह्वान गरेको छ । १० मिनेट डेलिभरीको विकल्प हटाउन र यसअघिको भुक्तानी संरचना पुनस्थापनाको माग गर्दै न्यु इयर इभ पारेर गिग कर्मचारीहरू हड्तालमा उत्रिएका हुन् । 

तीव्र गतिमा हुने डेलिभरी मोडेलले कामदारहरूमा अनावश्यक तथा असुरक्षित दबाब (unsafe pressure) परेको र भुक्तानी संरचनामा गरिएको परिवर्तनले आम्दानी घटेको आरोप गिग कामदारहरूको छ । 

हजारौँ कामदार आन्दोलनमा सहभागी हुने तयारी गरेसँगै भारतभर बुधबार डेलिभरी सेवा प्रभावित हुने देखिएको छ । उनीहरूले यसअघि डिसेम्बर २५ मा पनि हड्ताल गरेका थिए । त्यसपछि बुधबार उनीहरूले हड्ताल आह्वान गरेका हुन् । 

२५ तारिखमा भएको आन्दोलनमा भारतभरका ४० हजार कामदार आन्दोलनमा उत्रिएका थिए । जसका कारण ५० देखि ६० प्रतिशत अर्डर समयमा डेलिभरी हुन सकेनन् । 

हड्ताल इन्डियन फेडरेसन अफ एप-बेस्ड ट्रान्सपोर्ट वर्कर्स (आईएफएटी)ले आयोजना गरिरहेको छ ।  यसमा भारतका प्रसिद्ध डेलिभरी प्लेटफर्महरू स्वीगी, जोमाटा, जेप्टो र अमेजनका कामदार आबद्ध छन् ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १३:१३