close

एलजी टिभी-वाशिङ मसिन किनेकै भरमा यो ४ जनाले पाए विश्वकपको टिकेटसँगै ५ दिने यात्राको सबै खर्च

टेकपाना टेकपाना

पुस १८, २०८२ १०:३

एलजी टिभी-वाशिङ मसिन किनेकै भरमा यो ४ जनाले पाए विश्वकपको टिकेटसँगै ५ दिने यात्राको सबै खर्च

काठमाडौँ । एलजी ब्रान्डका टिभी र वाशिङ मसिन खरिद गर्ने ४ जनाले टी-२० क्रिकेट विश्वकपको टिकेटसँगै ५ दिने मुम्बई यात्राको खर्च पाउने भएका छन् । कम्पनीले आफ्नो क्याम्पेन अन्तर्गत पहिलो चरणका विजेता घोषणा गरेको हो ।

२९ मङ्सिरदेखि एलजी नेपालले यो क्याम्पेन सुरु गरेको थियो । जसले आउँदो ७ फेब्रुअरीदेखि भारत र श्रीलङ्कामा हुने विश्वकप क्रिकेटलाई लक्षित गरेको छ । विजेतामा ललितपुरको इमाडोलका उसन प्रधंगना, बुटवलका शिव आचार्य, काठमाडौँ नैकापका प्रवाश ढुङ्गाना र पोखराका विनोद सापकोटा रहेका छन् ।

विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न पाउनेछन् । यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने बताइएको छ ।​ एलजीका समान खरिद गर्ने ग्राहकले LG Warranty card no Product Name Customer Name Address टाइप गरेर 31003 मा एसएमएस पठाएर यस योजनामा सहभागी हुन सक्नेछन् । यो योजना अझै केही समय जारी रहने कम्पनीले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १०:८