close

रवि लामिछाने र ज्वाला सङ्ग्रौलाको फोटो भन्दै जोडी जस्तै देखिने गरी एडिट गरिएको फोटो भाइरल

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

पुस २४, २०८२ १७:२०

रवि लामिछाने र ज्वाला सङ्ग्रौलाको फोटो भन्दै जोडी जस्तै देखिने गरी एडिट गरिएको फोटो भाइरल

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेतृ ज्वाला सङ्ग्रौलाको एउटा फोटो भाइरल भइरहेको छ । भाइरल तस्बिरमा विवाहित जोडी जस्तो देखिने पोजमा लामिछाने र सङ्ग्रौलालाई देख्न सकिन्छ । 

तर उक्त तस्बिर भने एडिट गरेर तयार पारेको पाइएको छ । ज्वालाले श्रीमान हिमाल उपाध्यायसँग खिचेर आफ्नै सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा रवि लामिछानेको अनुहार राखेर भाइरल गरेको पाइएको हो । 

दाबी

बुधबार (७ जनवरी) बिहान १०:१२ मा ‘Kulananda Gharti’ नामक फेसबुक प्रयोगकर्ताले “तिम्राे दाइ रवि लामिछानेकाे असली रुप यहि हैन र अन्धभक्तहरु हाे?” स्टाटससहित एक तस्बिर शेयर गरेका छन् । उक्त तस्बिरमा ज्वाला सङ्ग्रौला र रवि लामिछानेलाई देख्न सकिन्छ । 

उक्त पोस्टमा यो सामग्री तयार पार्दा सम्म नौ हजार १०० भन्दा धेरै रियाक्सन, तीन हजार ७०० भन्दा धेरै कमेन्ट र ४९७ पटक शेयर गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

अनुसन्धान 

हामीले उक्त तस्बिरलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ । अन्य समाजिक सञ्जाल प्रयोगकर्ताले पनि उक्त तस्बिर शेयर गरेको फेला पर्‍यो । ‘Achham poiltcal’ नामक फेसबुक पेजले १० फेब्रुअरी २०२४ मा “एहा हरूलाई चिन्नुहुन्छ????” शीर्षकसहित लामिछाने र सङ्ग्रौलाको फोटो पोस्ट गरेको फेला पर्‍यो । पोस्ट, स्क्रिनशट । 


 

 

फेसबुक अकाउन्ट ‘Rakshya Thapa’ बाट बुधबार दिउँसो १:३४ मा ज्वाला र रविको सोही तस्बिर सार्वजनिक भएको छ । उक्त पोस्टमा लेखिएको छ, “तिम्राे दाइ रवि लामिछानेकाे असली रुप यहि हैन र अन्धभक्तहरु हाे?”

पोस्ट र स्क्रिनशट । 

 

‘Sita KC’ नामक फेसबुक अकाउन्टबाट पनि  बुधबार साँझ ६:५१ मा सोही तस्बिर सार्वजनिक भएको छ । उक्त पोस्टमा लेखिएको छ, “घण्टीको असली चरित्र यही त हो नि !”

 

 

हामीले उक्त तस्बिरको विश्लेषण गर्‍यौँ: 

  • तस्बिरमा लामिछानेको अनुहारको छालासँग घाँटी र हातको कलरटोन मेल खाएको छैन । 

  • लामिछानेको घाँटी र अनुहार राम्रोसँग ब्लेन्ड भएको छैन । त्यसैले उक्त तस्बिर एडिटेट जस्तो देखिन्छ । 

उक्त तस्बिर एडिट भएको विश्लेषणपछि हामीले वास्तविक तस्बिर खोज्ने प्रयास गर्‍यौँ । सामाजिक सञ्जालमा खोज्ने क्रममा तीन वर्ष पहिले रास्वपा नेतृ सङ्ग्रौलाले सार्वजनिक गरेको एउटा तस्बिर भाइरल तस्बिरसँग मेला खायो । 

३१ डिसेम्बर २०२२ मा सार्वजनिक भएको उक्त तस्बिरमा सङ्ग्रौलाले नयाँ वर्ष २०२३ को शुभकामना दिएकी छिन् । तस्बिरमा सङ्ग्रौलासँग भएका पुरुष उनकै श्रीमान हिमाल उपाध्याय हुन् । हेर्नुहोस् पोस्ट, स्क्रिनशट । 
 

भाइरल फोटो र वास्तविक फोटोको तुलना

दाबी

रास्वपा सभापति रवि लामिछाने र नेतृ ज्वाला सङ्ग्रौलाले जोडी जस्तै बनेर खिचेको तस्बिर भाइरल ।

दाबीकर्ता

‘Kulananda Gharti’, ‘Achham poiltcal’, ‘Rakshya Thapa’, ‘Sita KC’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य 

सङ्ग्रौले श्रीमानसँग खिचेको तस्बिर आफ्नै फेसबुक अकाउन्टबाट सार्वजनिक गरेकी थिइन् । तस्बिरलाई दुरुपयोग गर्दै लामिछानेको अनुहार राखेर सामाजिक सञ्जालमा भाइरल गराइएको हो । 

निष्कर्ष 

सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछाने र नेतृ ज्वाला सङ्ग्रौलाले जोडी जस्तै बनेर खिचेको देखिने तस्बिर भ्रामक हो । उक्त तस्बिर एडिट गरेर तयार पारिएको पाइएको छ । सङ्ग्रौलाले श्रीमान हिमाल उपाध्यायसँग खिचेको तस्बिरलाई एडिट गरेर लामिछानेको अनुहार राखिएको भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १८:१९