युवामन्त्री बब्लुसँग फेसबुकमै रिसाए शिक्षामन्त्री पुन, सोधे- विदेश घुमेर अर्थतन्त्र बन्छ ?
पुस २५, २०८२ १३:३
काठमाडौँ । शिक्षामन्त्री महावीर पुन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग आक्रोशित देखिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले नामै नलिई युवामन्त्री गुप्ताको विदेश भ्रमणको विषयमा असन्तुष्टि जनाएका हुन् ।
आफूलाई मन्त्री भइसकेपछि विदेश भ्रमणका लागि ५ वटा निमन्त्रणा आएको उल्लेख गर्दै मन्त्री पुनले आफू विदेश भ्रमणमा नजाने बताए । "लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन किन भने केहि गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ??😡😡😡"
एनआरएनको नाममा आयोजित एक मामुली कार्यक्रममा सहभागी हुन अमेरिका भ्रमणको पछि अल्झिएका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता केही दिन देखि सामाजिक सञ्जालमा आलोचित बनिरहेका छन् ।
पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १३:८
