close

आफ्नै वा कम्पनीको नाममा यसरी निःशुल्क बनाउनुहोस् ईमेल एड्रेस

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २७, २०८२ १५:४१

आफ्नै वा कम्पनीको नाममा यसरी निःशुल्क बनाउनुहोस् ईमेल एड्रेस

काठमाडौँ । तपाईं हामी मध्ये अधिकांश प्रयोगकर्ता व्यक्तिगत वा व्यावसायिक कामका लागि ‘[email protected]’ वा ‘[email protected]’ जस्ता ईमेल एड्रेस प्रयोग गरिरहेका हुन्छौं ।

धेरैले उही किसिमको जिमेल एड्रेस प्रयोग गर्दा समयसँगै त्यो पट्यारलाग्दो हुन सक्छ । यस्तोमा आफ्नै नाम वा कम्पनीको नामको ईमेल एड्रेस जस्तै (नामका सन्दर्भमा [email protected] वा कम्पनीको सन्दर्भमा [email protected]) राख्न खोज्नु भएको हुन सक्छ ।

आज हामी तपाईंलाई निःशुल्क आफ्नै नाम वा आफ्नै कम्पनीको नामबाट ईमेल एड्रेस कसरी बनाउन सकिन्छ भन्ने विषयमा बताउँदै छौं । 

सबैभन्दा पहिला डोमेन नेमबारे बुझौँ !

सामान्य अर्थमा भन्नुपर्दा जिमेलको gmail.com, टेकपानाको techpana.com नै डोमेन नेम हो । डोमेन नेमबारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ । 

नामको पछाडि डटकम, डटनेट, डटओआरजी एक्स्टेन्सन लिनका लागि भने शुल्क तिर्नुपर्ने हुन्छ । तर, हालसम्म नेपालको कन्ट्री लेभल एक्स्टेन्सन जस्तै .com.np, .org.np, .net.np आदिका लागि भने शुल्क तिर्नु पर्दैन । सबैभन्दा पहिला तपाईँले यस्तो डोमेन कसरी लिन सकिन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । त्यसका लागि यहाँ क्लिक गरेर जानकारी लिन सक्नुहुन्छ ।

अब डोमेन लिएपछि के के गर्ने भन्ने बुझौँ । यसमा हामी क्लाउडफ्लेयरको प्रयोग गर्दैछौँ । यहाँ क्लिक गरेर क्लाउडफ्लेयरमा जानुहोस् र ‘स्टार्ट फर फ्रि’ (Start For Free) को अप्सन छान्नुहोस् । 

यति गरेपछि गुगल, एप्पल, गिटहब वा ईमेल राखेर अकाउन्ट बनाउने सुविधा दिइएको हुन्छ  । त्यस मध्ये सहजताका लागि हामी ‘कन्टिन्यु विथ गुगल’को अप्सन छान्दैछौँ । 

 

यति गरेपछि आफूले प्रयोग गर्न चाहेको गुगल अकाउन्ट छान्नुहोस् । र स्क्रिनशटमा देखिएको जस्तै गरी पर्मिसन दिन ‘कन्टिन्यु’ (Continue) को बटनमा ट्याप गर्नुहोस् ।

अब तपाईंको क्लाउफ्लेयर अकाउन्ट तयार हुन्छ । त्यसपछि खुल्ने यो तलको स्क्रिनमा आफ्नो डोमेन नेम राख्नुहोस् र छेउमा भएको कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् ।

 

कन्टिन्यु गरिसकेपछि यस्तो पेज देखिन्छ । यहाँ रहेको बीचको अप्सन अर्थात् आफै डीएनएस रेकर्ड राख्ने अप्सन छान्नुहोस् ।

यति गरेपछि फ्रि प्लानको अप्सन छान्नुहोस् । 

अब आफ्नो डोमेन नेम छानेर तलपट्टि गई यो नेमसर्भर राख्ने सेक्सन फेला पार्नुहोस् । 

यति गरेपछि यसलाई डटकम वा डटकम डटएनपी डोमेन मेनेज गर्ने ठाउँमा जानुहोस् । डटकम डटएनपी प्रयोग गर्दै हुनुहुन्छ भने register.com.np मा गई आफ्नो डोमेन रजिस्टर भएको अकाउन्टबाट साइनअप गर्न सक्नु हुन्छ । त्यसपछि एक्टिभ डोमेनमा जानुहोस् । 

अब आफ्नो नामको छेउमा रहेको एडिट डीएनएसमा जानुहोस् ।

अनि त्यहाँ क्लाउड फ्लेयरमा देखिएको नेमसर्भर राख्नुहोस् ।

यो नेमसर्भर अडपेड हुन बढीमा २४ घण्टाको समय लाग्छ । यसरी डोमेन नेम क्लाउड फ्लेयरमा कमेन्ट गरिसकेपछि ईमेल अकाउन्ट बनाउनतर्फ लागौं । 

 

कसरी बनाउने ईमेल अकाउन्ट ?

यसका लागि हामी भारतीय ईमेल सेवा प्रदायक कम्पनी जोहो (Zoho) प्रयोग गर्छौं । यसले एउटै डोमेनका लागि निःशुल्क पाँच वटासम्म ईमेल अकाउन्ट बनाउने सुविधा दिन्छ ।

  • सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । 

  • त्यसपछि ‘क्रियट डोमेन बेस्ड ईमेल अकाउन्ट इन जोहो’ को अप्सन छान्नुहोस् र प्रोसिडको बटनमा ट्याप गर्नुहोस् ।

  • अब यो प्लसको आइकनमा ट्याप गरेर त्यहाँ खुल्ने बक्समा आफ्नो डोमेन नेम टाइप गर्नुहोस् ।

  • यति गरेपछि यहाँ देखिएको ‘कन्फिगर म्यानुअल्ली’ को बटन ट्याप गर्नुहोस् ।

 

  • माथि TXT को अप्सन यथावत् राख्नुहोस् र तलपट्टिको कपी अप्सन गरी TXT Value कपी गर्नुहोस् । 

 

  • अब क्लाउडफ्लेयरको अकाउन्टमा आउनुहोस् ।

  • अनि डोमेन नेम छानेर यो छेउमा रहेको DNS Record को अप्सनमा जानुहोस् । 

  •  त्यसपछि एड रेकर्डको अप्सनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि टाइपको अप्सनमा गई TXT को अप्सन छान्नुहोस् र नेमको अप्सन @ टाइप गरेर TTL को अप्सनमा कम समय राख्नुहोस् । र, तलपट्टिको कन्टेन्टको सेक्सनमा अघि जोहोबाट कपी गरेको कोड पेस्ट गर्नुहोस् ।  

 

पेस्ट गरिसकेपछि दायाँपट्टि रहेको सेभको बटनमा क्लिक गर्नुहोस् ।

  • अब बढीमा आधा घण्टा जति पर्खेर फेरि पहिलेको जोहोको वेबसाइटमा आउनुहोस् । अनि तल स्क्रिनशटमा देखिए जस्तै Verify TXT Record मा ट्याप गर्नुहोस् ।

अहिलेसम्म हामीले डोमेन नेम र जोहोको सिस्टमलाई जोड्ने काम गर्‍यौँ । अब ईमेल सेटअप गर्नतर्फ लागौँ । टीएक्सटी रेकर्ड भेरिफाई भइसकेपछि यस्तो प्यानल देखिन्छ ।

  • यहाँ स्क्रिनशटमा देखिएको जस्तै ड्याशबोर्ड देखियो भने दायाँपट्टि रहेको युजर्स (Users) को अप्सनमा ट्याप गर्नुहोस् ।

  • अब एड (Add) को अप्सन छान्नुहोस् । 

  • र त्यहाँ पहिलो नाम, अन्तिम नाम, उपयुक्त लाग्ने युजरनेम (जस्तै info, news, mail, hi, hello आदि) राख्नुहोस् । र तलपट्टि पावर्ड सेट गर्नुहोस् । यसमा आवश्यकता अनुसार प्रोफाइल फोटो पनि राख्न सक्नुहुन्छ ।

  • यति गरेपछि अब Add को बटनमा क्लिक गर्नुहोस् । 

 

यति गरेपछि अब तपाईंसँग ईमेल एड्रेस र पासवर्ड हुन्छ । तपाईंले दुई ओटा तरिकाले लगइन गर्न सक्नु हुन्छ । पहिलो वेबसाइट र दोस्रो मोबाइल एप । वेबसाइटबाट लगइन गर्न यहाँ क्लिक गर्नुहोस् । वा, एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर जोहोको एप डाउनलोड गरी लगइन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८२ १५:५९