नेपाल टेलिकमको भोल्टे नेटवर्कमा कल आफैँ काटिने समस्या, समाधानको प्रयासमा कम्पनी
माघ ४, २०८२ १४:२०
काठमाडौँ । नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भोल्टे) मा नेटवर्कको समस्या देखिएको छ । कम्पनीले आंशिक नम्बरमा मात्रै यस किसिमको समस्या देखिएको दाबी गरेको हो ।
कम्पनीका सहायक प्रवक्ता प्रक्षेत थापाका अनुसार फोरजी नेटवर्क प्रयोग गरेर गरिने भ्वाइस कलमा यस्तो समस्या देखिएको छ । यद्यपि सबै नम्बरमा नभई आंशिक नम्बरमा मात्रै नेटवर्कको समस्या देखिएको दाबी उनले गरे ।
ग्राहकहरूले कल गर्दा लाग्ने तर केही सेकेन्डमै स्वतः कल काटिने गरेको गुनासो गरिरहेका छन् । प्राविधिक टोलीले समस्या पहिचान गर्ने काम गरिरहेको र चाडै नै समाधान हुने थापाले जानकारी दिए ।
"आंशिक भोल्टे सेवा बाहेक फोरजी, टुजी र थ्रीजीमा समस्या छैन," उनले भने ।
पछिल्लो अध्यावधिक: माघ ४, २०८२ १४:२०
