close

नागरिक एपमा अब छिट्टै मतदाता परिचय पत्रको स्क्रिनशट लिन सकिने

टेकपाना टेकपाना

माघ १३, २०८२ १३:८

नागरिक एपमा अब छिट्टै मतदाता परिचय पत्रको स्क्रिनशट लिन सकिने

काठमाडौँ । सरकारी सेवालाई एकीकृत रूपमा उपलब्ध गराउँदै आएको ‘नागरिक एप’ मा अब छिट्टै मतदाता परिचय पत्रको स्क्रिनशट लिन सकिने सुविधा थपिने भएको छ । डेटा सुरक्षाका कारण हालसम्म एपभित्र कुनै पनि कागजातको स्क्रिनशट लिन नमिल्ने फिचर रहेकोमा मतदाताको सहजताका लागि यो नयाँ व्यवस्था गर्न लागिएको हो ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा मतदाताले नागरिक एपमा रहेको परिचय पत्रको स्क्रिनशट प्रिन्ट गरेर सपोर्टिभ प्रमाणको रूपमा मतदान गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ । यससँगै एपले स्क्रिनशट लिन सकिने फिचर ल्याउन लागेको हो । यो साताको अन्त्यसम्ममा नयाँ अपडेटमार्फत यो सुविधा उपलब्ध हुने नागरिक एपका एक प्राविधिकले जानकारी दिए ।

सुरक्षा संवेदनशीलताका कारण एपमा स्क्रिनशट प्रतिबन्ध गरिएको भए तापनि विशेष परिस्थितिमा एउटा निश्चित डकुमेन्ट अर्थात् मतदाता परिचय पत्रका लागि मात्र स्क्रिनशट लिन मिल्ने बनाउन लागिएकाले केही समय लागेको बताइएको छ ।

नागरिक एपका ती प्राविधिकले भने, “हामी अहिले यसको प्राविधिक परीक्षण गरिरहेका छौँ । यो साताको अन्त्यसम्म नयाँ अपडेट सार्वजनिक भएपछि प्रयोगकर्ताले आफ्नो मतदाता परिचय पत्रको स्क्रिनशट लिन सक्नेछन् ।”

निर्वाचनको समयमा भौतिक परिचय पत्र नहुने वा हराएका मतदाताका लागि यो फिचर निकै उपयोगी हुन सक्छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १३:८