close

आचारसंहिता विपरीतका सामग्री हटाउने सर्तमा युट्युबर रतन कार्की रिहा

टेकपाना टेकपाना

फागुन २०, २०८२ १६:५१

आचारसंहिता विपरीतका सामग्री हटाउने सर्तमा युट्युबर रतन कार्की रिहा

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएका युट्युबर रतन कार्कीलाई प्रहरीले छोडेको छ । आफ्नो च्यानलमा राखिएका आचारसंहिता विपरीतका भिडिओ सामग्री हटाउन तयार भएपछि उनलाई छाडिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डीएसपी रवीन्द्र खनालका अनुसार मौन अवधिको समयमा निर्वाचनलाई प्रभावित पार्ने किसिमका सामग्री प्रसारण गरेका कारण कार्कीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।

“मौन अवधिको समयमा निर्वाचनलाई प्रभावित बनाउने किसिमका सामग्री राखेकाले उहाँलाई सोधपुछका लागि बोलाइएको थियो,” टेकपानासँग कुरा गर्दै डीएसपी खनालले भने, “उहाँले ती कन्टेन्ट हटाएपछि अहिले सम्झाइबुझाइ छाडिएको छ ।”

यसअघि कार्कीले आफ्नो युट्युब च्यानललगायत अन्य विभिन्न सामाजिक सञ्जालका प्लेटफर्ममा विभिन्न राजनीतिक दलका उम्मेदवारसँगको अन्तर्वार्ता सार्वजनिक गरेका थिए । निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा उम्मेदवारको प्रचारप्रसार हुनेगरी यस्ता सामग्री राख्नु आचारसंहिता विपरीत मानिन्छ ।


 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १६:५९