close

एसएमएसकै भरमा निर्वाचनको मतगणना सम्बन्धी 'लाइभ' अपडेट, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

फागुन २२, २०८२ ९:१

एसएमएसकै भरमा निर्वाचनको मतगणना सम्बन्धी 'लाइभ' अपडेट, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । मतगणनाको परिणाम अब एसएमएसमार्फत मोबाइलमा तरुुन्तै प्राप्त गर्न सकिने भएको छ । डिजिटल सञ्चार सोलुसन प्रदायक आकाश एसएमएसले सरु गरेको यो सेवामार्फत देशभरका नागरिकहरूले आफ्नो क्षेत्रको मतगणनाको लाइभ अपडेट छिटो, सरल र भरपर्दो तरिकाले प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।

सामान्यतया मतगणना सरु भएपछि परिणाम थाहा पाउन धेरैजसो नागरिकले टेलिभिजन, समाचार वेबसाइट वा सामाजिक सञ्जालमा निर्भर रहने गरेका छन् । तर अत्यधिक ट्राफिकका कारण वेबसाइट ढिलो चल्ने वा बन्द हुने, इन्टरनेट पहुँच नहुने, अथवा सबलाई स्मार्टफोन उपलब्ध नहुने जस्ता समस्याले धेरैलाई समयमै जानकारी पाउन कठिन हुने गरेको छ ।

यस्तो अवस्थामा आकाश एसएमएसको एसएमएसमा आधारित सेवा सबैका लागि सहज र प्रभावकारी माध्यम बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यो सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलको मेसेज बक्समा गएर EC टाइप गरी आफ्नो निर्वाचन क्षेत्रको नाम र नम्बर लेखेर ३१००३ मा पठाएपछि सम्बन्धित क्षेत्रको मतगणनासम्बन्धी अपडेट प्राप्त गर्न सक्छन् ।

उदाहरणका लागि काठमाडौँ क्षेत्र नम्बर १ को अपडेट पाउनका लागि EC Kathmandu 1 टाइप गरी 31003 मा पठाउन सकिन्छ । त्यसपछि केही क्षणमै प्रयोगकर्ताको मोबाइलमा उक्त क्षेत्रको मतगणनाको पछिल्लो विवरण एसएमएस मार्फत प्राप्त हुन्छ ।

यो प्रणाली विशेष गरी इन्टरनेट पहुँच सीमित भएका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूका लागि निकै उपयोगी हुने विश्वास छ । साथै वेबसाइटमा अत्यधिक ट्राफिकका कारण परिणाम हेर्न ढिलाइ हुने अवस्थाबाट बच्न चाहने, टेलिभिजन वा अनलाइन प्लेटफर्ममा निर्भर रहन नचाहने वा साधारण मोबाइल प्रयोग गर्ने सबैका लागि यो सेवा सजिलो वि कल्प बन्ने कम्पनीका उपाध्यक्ष राजन कोइरालाले बताए । स्मार्टफोन वा इन्टरनेटको आवश्यकता नपर्ने भएकाले साधारण मोबाइल प्रयोगकर्ताले समेत सजिलै यो सेवा प्रयोग गर्न सक्नेछन् ।

यस सेवामार्फत पठाइने मतगणना सम्बन्धी लाइभ अपडेट निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध तथ्याङ्कलाई आधार बनाएर प्रदान गरिने भएकाले जानकारीको विश्वसनीयता सुनिश्चित गरिएको आकाश एसएमएसले जनाएको छ ।

डिजिटल प्रविधिलाई सरल माध्यममार्फत नागरिकसम्म पुर्‍याउने उद्देश्यले सरु गरिएको यो सेवा निर्वाचन परिणामबारे जानकारी प्राप्त गर्ने छिटो, सहज र सबैका लागि पहुँचयोग्य माध्यम का रूपमा स्थापित हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ । एसएमएस पठाउँदा भने निश्चित शुल्क लाग्नेछ । 

पछिल्लो अध्यावधिक: फागुन २२, २०८२ ९:१