सामसङ स्मार्टफोन खरिद गर्न २४ महिने किस्ताको सुविधा, मासिक ३,६३६ मै ग्यालेक्सी एस-२६ पाइने
चैत ८, २०८२ १४:१२
काठमाडौँ । सामसङले नेपाली बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस-२६ तथा मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए सिरिजका फोनमा २४ महिनासम्मको किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले ग्यालेक्सी एस-२६ अन्तर्गत एस-२६, एस-२६ प्लस र एस-२६ अल्ट्राका साथै ए सिरिज अन्तर्गत ग्यालेक्सी ए-३६ फाइभजी र ए-५६ फाइभजीमा यस्तो सुविधा दिने भएको हो ।
यो योजनाअन्तर्गत ग्राहकहरूले सुरुमा ४० प्रतिशत रकम भने डाउन पेमेन्टको रूपमा जम्मा गर्नुपर्ने हुन्छ । त्यसपछि बाँकी रकम न्यूनतम करिब १४ सय ६५ रुपैयाँ मासिक किस्तामा तिर्ने गरी ए सिरिज र न्यूनतम ३६ सय ३६ रुपैयाँको मासिक किस्तामा ग्यालेक्सी एस-२६ सिरिजका फोन खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्यालेक्सी एस-२६ (१२ जीबी र्याम र २५६ जीबी स्टोरेज) को मूल्य एक लाख ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन २४ महिनाको किस्ताबन्दीमा खरिद गर्दा मासिक किस्ता तीन हजार ६ सय ३६ रुपैयाँ पर्छ ।
त्यस्तै एक लाख ८२ हजार ९९९ रुपैयाँ पर्ने एस-२६ प्लस (१२ जीबी र्याम र २५६ जीबी स्टोरेज) फोन २४ महिनाको किस्ताबन्दीमा मासिक चार हजार ९ सय ६५ रुपैयाँ तिरेर खरिद गर्न सकिने छ । एस-२६ अल्ट्रा (१२/१६ जीबी र्याम र २५६/५१२ जीबी र १ टीबी स्टोरेज) को मूल्य दुई लाख १२ हजार ९९९ रुपैयाँदेखि दुई लाख ९३ हजार ९९९ रुपैयाँसम्म रहेको छ । यसमा २४ महिनाको किस्ताबन्दी रोज्दा मासिक किस्ता पाँच हजार ७७९ रुपैयाँदेखि सात हजार ९७७ रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
ए सिरिज अन्तर्गत ए-३६ फाइभजी (८/१२ जीबी र्याम र १२८/२५६ जीबी स्टोरेज) को मूल्य ५३ हजार ९९९ रुपैयाँदेखि ६५ हजार ९९९ रुपैयाँसम्म रहेको छ । यी फोन २४ महिनाको किस्ताबन्दीमा खरिद गर्दा मासिक किस्ता एक हजार ४ सय ६५ रुपैयाँदेखि एक हजार सात सय ९१ रुपैयाँसम्म हुन आउँछ ।
त्यस्तै ग्यालेक्सी ए-५६ फाइभजी (८/१२ जीबी र्याम र २५६ जीबी स्टोरेज) को मूल्य ७१ हजार ९९९ रुपैयाँदेखि ७७ हजार ९९९ रुपैयाँसम्म रहेको छ । यसमा २४ महिनाको किस्ताबन्दी सुविधा अन्तर्गत मासिक किस्ता करिब एक हजार ९५४ रुपैयाँदेखि दुई हजार ११६ रुपैयाँसम्म पर्ने कम्पनीले बताइएको छ ।


पछिल्लो अध्यावधिक: चैत ८, २०८२ १४:१२
