close

प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाहको ५ वर्ष पुरानो फेसबुक पोस्ट भाइरल

टेकपाना टेकपाना

चैत १७, २०८२ १४:२३

प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाहको ५ वर्ष पुरानो फेसबुक पोस्ट भाइरल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको पाँच वर्ष पुरानो फेसबुक पोस्ट यतिखेर भाइरल बनेको छ । सोमबार संविधान संशोधन सम्बन्धी थप जिम्मेवारी पाएपछि राजनीतिक सल्लाहकार शाहको पुरानो पोस्ट चर्चामा आएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना नहुँदै शाहले २० डिसेम्बर २०२० मा फेसबुक पोस्टमार्फत राजालाई सुध्रिने मौका दिनुपर्ने भन्दै 'राजा आऊ देश बचाऊ' को नारा फेसबुकमा राखेका थिए । शाहको उक्त पोस्टमा गएर केही फेसबुक प्रयोगकर्ताले कमेन्ट समेत गरिरहेका छन् । जसले गर्दा कतिपयको फेसबुक वालमा शाहको पुरानो पोस्ट देखा पर्न थालेको हो ।

सरकारले असिम शाहको नेतृत्वमा संविधान संशोधनका लागि बहस-पत्र तयार गर्न कार्यदल बनाउने निर्णय गरेको छ । जसमा संसदमा रहेका सबै राजनीतिक दलको प्रतिनिधित्व रहने बताइएको छ ।

तर गणतान्त्रिक नेपालको संविधान संशोधनको विषयमा बहस पत्र तयार पार्ने जिम्मेवारी एकताका राजतन्त्रको पक्षमा खुलेका व्यक्तिलाई दिने विषयले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १७:५२