नेपालकै महँगो मध्येको गेमिङ ल्यापटप एसर प्रिडेटर हेलिओस १८ एआई, मूल्य ९ लाख ५० हजार
चैत २८, २०८२ ९:४८
काठमाडौँ । म्याक्स इन्टरनेसनलले एसरको फ्ल्यागशिप गेमिङ ल्यापटप 'प्रिडेटर हेलिओस १८ एआई' (Acer Predator Helios 18 AI) नेपाली बजारमा ल्याएको छ । ९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको यो ल्यापटपलाई हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा महँगो र शक्तिशाली गेमिङ ल्यापटप बताइएको छ ।
यो विशेष कन्फिगरेसन भएको ल्यापटपको सुरुवाति मूल्य ११ लाख रुपैयाँ तोकिएको भए पनि हाल म्याक्स इन्टरनेसनलले यसलाई ९ लाख ५० हजार रुपैयाँमा उपलब्ध गराइरहेको छ । मोडेल नम्बर PH18-73-99HE भएको यो ल्यापटपमा प्रयोग गरिएको हार्डवेयरले डेस्कटप सरहको प्रदर्शन दिने दाबी गरिएको छ । यसमा Intel Core Ultra 9 275HX प्रोसेसर रहेको छ, जसको स्पिड २.७ गिगाहर्ज र टेट्राकोसा-कोर (Tetracosa-core) क्षमता रहेको छ ।
गेमिङ र एआई कार्यका लागि यसमा शक्तिशाली 'एनभिडिया जियोफोर्स आरटीएक्स ५०९०' (NVIDIA GeForce RTX 5090) ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । जसमा २४ जीबीको GDDR7 VRAM रहेको छ ।
म्याक्स इन्टरनेसनलका अनुसार यसमा ९६ जिबीको डुलो डीडीआर५ र्याम र २ टीबीको उच्च गतिको एसएसडी स्टोरेज दिइएको छ ।
यो ल्यापटपमा १८ इन्चको WQUXGA मिनी एलईडी डिस्प्ले रहेको छ । यसले १००% DCI-P3 कलर गामुट र उच्च रिफ्रेश रेट सपोर्ट गर्दछ । जसले गर्दा भिडिओ सम्पादन र गेमिङमा जीवन्त रङहरू देखिन्छन् ।
विभिन्न गेमिङ परीक्षणहरूमा यसले उत्कृष्ट नतिजा देखाएको छ । 'एसर प्रिडेटर हेलिओस १८ एआई'मा 'होराइजन जिरो डन' जस्ता खेलहरू फोके म्याक्सिमम सेटिङमा ९७ एफपीएसमा चल्ने र 'गार्डियन्स अफ द ग्यालेक्सी' ११८ एफपीएससम्म पुग्ने दाबी गरिएको छ । नयाँ र हेभी गेमहरूका लागि यसमा एआईमा आधारित डीएलएसएस र फ्रेम जेनेरेसन प्रविधि पनि समावेश छ ।
डेस्कटप स्तरको प्रदर्शन, उत्कृष्ट मिनी-एलईडी फोके डिस्प्ले, मजबुत बनावट, शान्त किबोर्ड र धेरै सङ्ख्यामा पोर्टहरू भए पनि यो निकै महँगो मूल्यमा आएको छ । ३.५० केजी तौल र ठुलो पावर एडाप्टरका कारण बोकेर हिँड्न कठिन, टर्बो मोडमा फ्यानको ठुलो आवाज र छोटो ब्याट्री लाइफ रहेको छ । जब कि यसमा ९९ Wh ब्याट्री रहेको छ ।
मुख्य फ्ल्यागशिप ल्यापटपका साथै म्याक्स इन्टरनेसनलले मध्यम बजेट भएका प्रयोगकर्ताहरूका लागि 'हेलिओस नियो १६एस एआई २०२५' सिरिजका तीनवटा मोडेल पनि सार्वजनिक गरेको छ । यी ल्यापटपहरूमा १६ इन्चको ओलेड २४० हर्ज डिस्प्ले रहेको छ । जसको मूल्य ३ लाख देखि ४ लाख रुपैयाँको बिचमा रहेको छ ।
कम्पनीका अनुसार यो ल्यापटप व्यावसायिक गेमरहरू, एआई र मसिन लर्निङ इन्जिनियरहरू, फोके/एटके भिडिओ एडिटरहरू, आर्किटेक्टहरू र जटिल गणना गर्ने पावर प्रयोगकर्ताहरूका लागि लक्षित छ । इच्छुक ग्राहकहरूले काठमाडौँको हात्तीसारस्थित आईटी प्लाजामा रहेको म्याक्स इन्टरनेसनलको शोरुममा गई यी ल्यापटपहरू अवलोकन र खरिद गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: चैत २८, २०८२ ९:५९
