close

टेलिकमले ल्यायो नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबीसहितको अनलिमिटेड डेटा चलाउन पाइने

टेकपाना टेकपाना

चैत ३०, २०८२ १०:२२

टेलिकमले ल्यायो नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबीसहितको अनलिमिटेड डेटा चलाउन पाइने

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई नयाँ वर्ष अफर २०८३ ल्याएको छ । कम्पनीले यस अवसरमा न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका मासिक डेटा प्याकेज उपलब्ध गराउने भएको हो ।

न्यु इयर लाइट अन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पुरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ ।

१० जीबीको लिमिट पुरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ ।

आज ३० चैतदेखि आगामी २ वैशाख, २०८३ सम्म अफर अन्तर्गतका प्याकेज खरिद गर्न सकिने बताइएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमा समावेश हुनेछ ।

नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *1415*11# डायल गर्नुपर्ने हुन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १०:२६