close

जावलाखेलमा बोसको प्रिमियम स्टोर सञ्चालनमा, मिक्सरदेखि वाशिङ मसिनसम्मका सामान उपलब्ध

टेकपाना टेकपाना

असार ९, २०८३ ८:१०

जावलाखेलमा बोसको प्रिमियम स्टोर सञ्चालनमा, मिक्सरदेखि वाशिङ मसिनसम्मका सामान उपलब्ध

काठमाडाैँ । ललितपुरको जावलाखेलमा बोस होम अप्लायन्सको प्रिमियम स्टोर सञ्चालनमा आएकाे छ । लक्ष्मी ग्रुपले सञ्चालनका ल्याएकाे याे स्टाेरकाे उद्धाटन सोमबार ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र बीएसएच होम अप्लायन्स इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ सैफ खानले संयुक्त रूपमा गरेका हुन् । 

स्टाेरमा डिश वासर, मिक्सचर र ग्रान्डर, ईलेक्ट्रिक चुल्हाे र  विभिन्न क्षमताका वाशिङ मसिनलगायतका होम अप्लायन्सहरू रहेका छन् । 

 

वाशिङ मसिनकाे मूल्य ४० हजारदेखि २ लाख रुपैयाँ बढीसम्म रहेकाे छ । सस्ताेमा बाेसले COT18B21EI माेडेलकाे १८५ लिटर क्षमताकाे वाशिङ मसिन राखेकाे छ । यस्तै ५५९ लिटर क्षमताको KGN56LB42I मोडेलकाे वाशिङ मसिन सबैभन्दा महङ्गाे अर्थात् २ लाख २४,९९० रुपैयाँकाे रहेकाे छ । यसका अतिरिक्त, कम्तीमा ४ हजार पर्नेदेखि ४ लाखसम्मका विभिन्न सामान स्टाेरमा उपलब्ध छन् ।  

 

नयाँ डिजाइनसहित सञ्चालनमा आएको स्टोरले ग्राहकलाई बोसका अत्याधुनिक तथा उच्च गुणस्तरका होम अप्लायन्सको अनुभव प्रदान गर्ने कम्पनीकाे भनाई छ । कम्पनीले सन् २०२२ देखि नेपालमा होम अप्लायन्स व्यवसाय सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८३ १४:१८