काठमाडौं । अनलाइनबाटै ब्लुबुक नवीकरणको कुरा अहिले निकै चर्चामा छ । घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताका अन्त्य गदै यो सुविधाले आमसेवाग्राहीलाई सजिलो बनाउने पक्कापक्की नै छ ।
यसका लागि बागमति प्रदेश सरकारले यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) सञ्चालनमा ल्याएको छ ।
सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघन तथा राजस्व बाँकी बक्यौता, बीमा लगायतको अवस्थाको विवरण हेर्न मिल्नेगगरी यो प्रणाली निर्माण गरिएको छ ।
आज हामी भिडिओमार्फत् टीएमआईएसमा आफ्नो सवारीसाधानलाई कसरी लिंक गर्ने, अनि राजस्व, नवीकरण र जरिवानासँगै बीमा पनि अनलाइनबाटै कसरी गर्ने भनेर देखाउँदै छाैं ।