close

युट्युवमा भन्दा टिकटकमा बढी समय बिताउँछन् प्रयोगकर्ता

टेकपाना टेकपाना

भदौ २२, २०७८ १७:१८

युट्युवमा भन्दा टिकटकमा बढी समय बिताउँछन् प्रयोगकर्ता

काठमाडौं । एक अध्ययनका अनुसार संयुक्त राज्य अमेरिका र बेलायतका एप प्रयोगकर्ताहरू भिडिओ प्लेटफर्म युट्यवमा भन्दा बढी टिकटकमा बढी समय बिताउने गरेको पाइएको छ ।

एपहरूको अध्ययन अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’ ले तयार पारेको पछिल्लो रिपोर्टले अमेरिका र बेलायतका प्रयोगकर्ताले सबैभन्दा बढी समय टिकटकमा बिताउने निष्कर्ष निकालेको हो ।

मासिक रूपमा सक्रिय प्रयोगकर्ता युट्युवकै बढी भएपनि सयम धेरै बिताउने एपका रूपमा टिकटक माथि आएको छ । सो अध्ययनबाट प्रति व्यक्तिका आधारमा एपमा बिताउने औषत समय निकालिएकाे थियाे ।

यो अनुसन्धान एन्ड्रोइड प्रयोगकर्ताहरूको अध्ययनमा मात्र आधारित रहेको बताइएको छ ।

रिपोर्टका अनुसार बेलायतमा प्रति व्यक्तिले टिकटकमा बिताउने समय सन् २०२० को जुन महिनामा गरिएको अध्ययनमा पनि धेरै थियो, जसलाई टिकटकले यो वर्ष पनि निरन्तरता दिएको छ ।

अमेरिकामा भने टिकटक र युट्युवबीचको लडाईंमा २०२१ को अप्रिल महिनादेखि टिकटक अगाडि आएको छ ।

त्यसैगरी अन्य एपसँगको तुलनामा पनि २०२० देखि हालसम्म टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपको रुपमा उभिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५