close

सञ्चार मन्त्री कार्कीको फरक शैलीको पदबहाली, डिजिटल सिग्नेचरबाट निर्णय प्रमाणीकरण

टेकपाना टेकपाना

असोज २२, २०७८ २२:३

सञ्चार मन्त्री कार्कीको फरक शैलीको पदबहाली, डिजिटल सिग्नेचरबाट निर्णय प्रमाणीकरण

काठमाडौं । नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार पदबहाली गरेका छन् । रास्ट्रपति कार्यालयमा सपथपछी मन्त्रालय पुगेका कार्कीले फरक किसिमबाट पदबहाली गरे ।

सामान्यतया मन्त्रीहरुले पदबहाली गर्दा कागजमा लिखितरुपमा हस्ताक्षर गर्दै कुनै एउटा निर्णय गर्ने परम्परा छ । तर सञ्चारमन्त्री कार्कीले भने यसपटक त्यसो गरेनन । मन्त्रालयको निर्णयलाई उनले डिजिटल हस्ताक्षरको प्रयोग गरेर प्रमाणीकरण गरे ।

कार्कीले पदबहालीमा गरेको प्रयोग नेपालको हकमा नौलो हो । सरकारले डिजिटल नेपाल अभियान अन्तर्गत डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने विषय समावेश गरे पनि यसको व्यापक प्रयोग हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१