close

विश्वबजारमा चिपको मूल्य बढ्दा सामसङलाई फलिफाप

टेकपाना टेकपाना

असोज २३, २०७८ २२:२

विश्वबजारमा चिपको मूल्य बढ्दा सामसङलाई फलिफाप

काठमाडौं । विश्व बजारमा सेमिकण्डक्टर अभाव हुँदा त्यसको सकारात्मक प्रभाव सामसङको आम्दानीमा देखिएको छ । विश्वको सबैभन्दा ठूलो चिप निर्माता तथा स्मार्टफोन कम्पनीको रुपमा रहेको कम्पनीले तेस्रो त्रैमासिकमा विगत तीन वर्षमा सबैभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

तेस्रो त्रैमासिकमा कम्पनीको सञ्चालन पश्चातको मुनाफा २० प्रतिशतले बढेको छ । कम्पनीले शुक्रबारमात्रै आफ्नो वित्तीय विवरण प्रकाशित गर्दै यसबारेमा जानकारी दिएको हो । कम्पनीका अनुसार यसरी नाफा वृद्धि हुनुमा मेमोरी चिपको हिस्सा सबैभन्दा महत्वपूर्ण रहेको छ ।

विश्वबजारमा चिप अभाव हुँदा यसकाे मूल्य बढेको छ । मूल्य बढ्दा कम्पनीकाे आम्दानीमा समेत सहयोग पुगेको हो ।

साथै नयाँ सार्वजनिक भएका स्मार्टफाेन र अन्य स्मार्ट ग्याजेटले पनि कम्पनीको आम्दानीमा ठूलो योगदान पुगेको जनाइएको छ ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको आर्थिक प्रतिवेदनको प्रारम्भिक नतिजाअनुसार दोस्रो त्रैमासिकको तुलनामा यो वर्षको आम्दानी २६ प्रतिशत बढी हो । जसमार्फत तेस्रो त्रैमासिकमा १५.८ खर्ब वोन (१३.३ बिलियन डलर) नाफा भएको अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१