close

एआईलाई नियन्त्रणमा राख्न नयाँ कानून बनाउँदै अमेरिका

टेकपाना टेकपाना

असोज २३, २०७८ २०:३३

एआईलाई नियन्त्रणमा राख्न नयाँ कानून बनाउँदै अमेरिका

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अनियन्त्रित प्रयोगलाई रोक्न संयुक्त राज्य अमेरिकाले नयाँ कानूनी व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रविधि तथा विज्ञान क्षेत्रका सल्लाहकारहरूले राष्ट्रपतिसमक्ष एआईका लागि नयाँ कानूनी व्यवस्था आवश्यक रहेको सुझाव दिएका छन् ।

शुक्रबारमात्रै ह्वाइट हाउसअन्तर्गत रहेको साइन्स एण्ड टेक्नोलोजी कार्यालयले मानिसको जानकारी लिन प्रयोग हुने फेसियल रिकग्निशन लगायतका बायोमेट्रिक टुलको विषयमा अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

उक्त अध्ययन प्रतिवेदन राष्ट्रपति बाइडेनलाई बुझाउँदै सल्लाहकार इरिक ल्याण्डर, साइन्स एण्ड सोसाइटीका कार्यकारी निर्देशक एलोन्डर नेल्सनलगायतले नयाँ प्रविधिको नियन्त्रणका लागि नयाँ कानूनी व्यवस्था आवश्यक भएको बताएका हुन् ।

उनीहरूले एआईले मानिसबीचमा भेदभाव, मानिसको गोपनीयता हनन् लगायतका काम गरिरहेको बताएका छन् । त्यसैले यस्ता प्रविधिबाट मान्छेको सुरक्षाका लागि पनि नियन्त्रित कानूनी आवश्यक रहेको उनीहरूको राय छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१