close

ह्वावेको आयोजनामा बुधबार डिजिटल ट्यालेन्ट समिट हुँदै

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १९:५

ह्वावेको आयोजनामा बुधबार डिजिटल ट्यालेन्ट समिट हुँदै

काठमाडौं । आसियन फाउन्डेशनसँगको सहकार्यमा ह्वावेले बुधबार एसिया प्यासिफिक इनोभेसन डे- ‘डिजिटल ट्यालेन्ट समिट २०२१’ गर्ने भएको छ ।

समिटमा इन्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, फिलिपिन्स, श्रीलंका लगायत देशका डिजिटल क्षेत्रसँग सम्बन्धित नीति निर्माता, अनुसन्धानकर्मी र विशेषज्ञ सहभागी हुनेछन् ।

साे अवसरमा आसियान, युनेस्को, अन्तर्राष्टिय दूरसञ्चार संघ, ली कुआन यू स्कूल अफ पब्लिक पोलिसी र म्याक्सिस कम्युनिकेसनका वक्ताबीच ‘डिजिटल ट्यालेन्ट एज कि टु सस्टेनेबल रिकभरी एण्ड डेभ्लपमेन्ट’ शीर्षकमा छलफल पनि हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१