close

एनआईसी एसिया र आईपेबीच सहकार्य, अब विदेशबाट रकम पठाउन थप सजिलो हुने

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १७:५८

एनआईसी एसिया र आईपेबीच सहकार्य, अब विदेशबाट रकम पठाउन थप सजिलो हुने

काठमाडौं । डिजिटल रेमिट्यान्सका लागि एनआईसी एसिया बैंक र ट्रयान्सक्यास इन्टरनेश्नल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आईपेका तर्फबाट क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरे ।

योसँगै मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशमा रहेका नेपालीले आईपेका एजेन्ट, मोबाइल एप तथा वेबसाइटमार्फत एनआईसी एसिया बैंक तथा अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् ।

यसका साथै विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टर र १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज रुपमा नगद प्राप्त गर्न सकिने जनाइएको छ ।

यस सम्झौताले विदेशमा कमाएको रकम स्वदेशका सबै स्थानमा रेमिट्यान्स सेवा पुर्‍याउन मद्दत पुग्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१