close

कार दुर्घटना भए आईफोन र एप्पल वाचमा सूचना आउने

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ ११:२८

कार दुर्घटना भए आईफोन र एप्पल वाचमा सूचना आउने

काठमाडौं । एप्पलले आईफोन तथा एप्पल वाचमा कार दुर्घटना भएको जानकारी दिने फिचर उपलब्ध गराउने भएको छ । आगामी वर्षदेखि कम्पनीले उक्त फिचर आईफोन तथा वाचमा उपलब्ध गराउने तयारी गरेको हो ।

कम्पनीका अनुसार उक्त फिचर आफैंले कार दुर्घटनामा परेको थाहा पाउने छ । त्यसैका आधारमा इमर्जेन्सी नम्बरमा स्वतः कल जाने गरी सिस्टम तयार गर्न लागेको कम्पनीले जनाएको छ ।

हुन त यो फिचर गुगलले यसअघि नै आफ्नो स्मार्टफोन गुगल पिक्सेलमा उपलब्ध गराइसकेको छ ।

गुगल पिक्सेलमा उपलब्ध फिचरले पनि आफैंले कार दुर्घटना भएको पत्ता लगाई सहयोगका लागि कल गर्न सक्छ ।

एप्पलले भने यात्रा गर्दा कारमा मोबाइल चलाउने बढ्दो प्रवृत्तिले दुर्घटना बढ्दै गएको भन्दै प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउन लागेको हो ।

यसले दुर्घटना नरोके पनि दुर्घटनापछि हुन सक्ने क्षतिलाई कम गर्न भने सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१