close

अनुमति बिना ट्विट गरिएका तस्बिर ट्विटरले हटाइदिने

टेकपाना टेकपाना

मंसिर १५, २०७८ ९:९

अनुमति बिना ट्विट गरिएका तस्बिर ट्विटरले हटाइदिने

काठमाडौं । कसैको अनुमति बिना ट्विट गरिएको फोटो वा भिडियो सम्बन्धित व्यक्तिले अनुरोध गरेमा ट्विटरले हटाइदिने भएको छ । ट्विटरले यस्ता फोटो र भिडियो आफ्नो नीति विपरीत भएको भन्दै आगामी दिनमा सम्बन्धित व्यक्तिले अनुरोध गरेमा त्यसलाई हटाइदिने बताएको हो ।

सम्बन्धित व्यक्तिको अनुमति बिना ट्विटरमा कोही व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गर्न नदिने नीतिलाई कम्पनीले थप विस्तार गरेको हो । कम्पनीले आफ्नो नयाँ नीति सार्वजनिक गरेपछि केही विश्लेषकले यसको दुरुपयोग हुने सम्भावना व्यक्त गरेका छन् ।

ट्विटरले भने जोकोहीले अनुरोध गर्दैमा फोटो र भिडियो नहटाउने बरु सन्दर्भ अनुसार मात्रै यस्तो निर्णय गर्ने प्रतिबद्धता जनाएको छ ।

कसैको अनुरोधमा फोटो र भिडियो हटाउनु अघि सम्बन्धित व्यक्तिलाई जानकरी गराउने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२