close

आज किन छ गुगल डुडलमा पिज्जा ?

टेकपाना टेकपाना

मंसिर २०, २०७८ १७:५

आज किन छ गुगल डुडलमा पिज्जा ?

काठमाडौं । आज गुगलले आफ्नो डुडलमा ‘पिज्जा टुडे’ मनाइरहेको छ । गुगल डुडलमा आज तपाईंले एउटा पिज्जा देख्न सक्नुहुन्छ, जसमा तपाईंले गेम पनि खेल्न सक्नुहुन्छ ।

डुडलमा पनि एउटा पिज्जा छ र पिज्जाको छेउमै पिज्जा कटर पनि छ । त्यो पिज्जामा क्लिक गर्नुभयो भने एउटा पिज्जा काट्ने गेम आउँछ ।

सो गेममा विभिन्न टपिङ सहितको पिज्जा भेटिन्छ र ती पिज्जालाई टपिङको आधारमा काट्नुपर्छ । पिज्जा एउटा विश्वचर्चित इटाली खानेकुरा हो ।

सन् २००७ मा आजको दिन, नेपोलिटनको कुलिनरी आर्ट अर्थात्, पाककला ‘पिज्जाइओलो’ लाई युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा राखिएको थियो ।

सोही दिनको सम्झनामा आज गुगलले ‘पिज्जा टुडे’ मनाउन आफ्नो गुगल डुडल परिवर्तन गरेको गुगलले आफ्नो ट्वीट मार्फत बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२