काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । यसअन्तर्गत आउँदो फेब्रुअरीमा कम्पनीले ‘रेड्मी के५०’ सिरिज सार्वजनिक गर्ने भएकाे हाे ।
डिजिटल च्याट स्टेसन नामक टिप्सटरले यो विषयमा हालै अनलाइनमा जानकारी दिएको छ । हुन त यसअघि कम्पनीका सीईओले सन् २०२२ को सुरुवातसँगै बजारमा नयाँ स्मार्टफोन ल्याउने घोषणा गरेका थिए ।
उनले उक्त फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन १ एसओसी चिपसेट प्रयोग हुने समेत बताएका थिए । यसैबीच डिजिटल च्याट स्टेसनले ‘रेड्मी के५०’ सिरिजको रिलिज डेटबारे जानकारी उपलब्ध गराएको छ ।
यसअन्तर्गत के५०, के५० प्रो, के५० प्रो प्लस र के५० गेमिङ गरी चार फरक स्मार्टफोन सार्वजनिक हुनेछ ।
अन्य माेडलमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र के५० प्रो प्लसमा १०८ मेगापिक्सेलको क्यामेरा हुने चर्चा छ । ५,००० एमएएच क्षमताको ब्याट्री रहने फोनमा १०० वाटको चार्जिङ सिस्टम हुने जनाइएको छ ।