काठमाडौं । अब डिशहोमको एक्सन स्पोर्टस् एचडी वान च्यानलमा चाइनिज सुपर लिग फुटबल हेर्न सकिने भएको छ । हालै कम्पनीले यो लिगको प्रत्यक्ष प्रशारणको अधिकार पाएको हो ।
यस सिजनको चाइनिज सुपर लिग अन्तर्गत आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष प्रसारण हुनेछन् ।
पहिले चाइनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिगको नामबाट सुरु भएको थियो ।
चाइनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन् ।
ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रसारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एचडी वान र एचडी टु च्यालन मार्फत बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रसारण गरिरहेको छ ।