close

फेरि ह्याक भयो मोदीको ट्वीटर अकाउन्ट

टेकपाना टेकपाना

मंसिर २६, २०७८ १५:४३

फेरि ह्याक भयो मोदीको ट्वीटर अकाउन्ट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । आज विहान स्थानीय समयअनुसार २ः११ बजे उनको ट्वीटर अकाउन्टमा अनधिकृत पहुँच राखी ह्याकरले एक ट्वीटसमेत गरेका छन् ।

जसमा भारतले आधिकारिक रुपमा बिटक्वाइन स्वीकार गरेको र सरकारले किनेको ५०० बीटक्वाइन देशवासीलाई वितरण गर्ने उल्लेख थियो । ब्लगको लिंक समावेश उक्त ट्वीटमा ‘द फ्युचर ह्याज कम टुडे’ लेखिएको थियो ।

मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको केही समयमै रिस्टोर गरिएको छ भने पोस्ट भएको ट्वीट पनि डिलिट गरिएको छ । घटना बाहिरिए लगत्तै ट्वीटरले यस विषयमा अनुसन्धान गरी मोदीको अकाउन्ट पुरानै अवस्थामा फर्काएको छ ।

गत वर्ष पनि मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको थियो । सन् २०२० को सेप्टेम्बरमा प्रधानमन्त्रीको व्यक्तिगत वेबसाइट र एपसँग लिङ्क गरिएको ट्वीटर अकाउन्टमा क्रिप्टोकरेन्सी मार्फत प्रधानमन्त्री राहत कोषमा चन्दा माग्दै ट्वीट गरिएको थियो ।

गत जुलाईमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व उपराष्ट्रपति एवं अहिलेका अमेरिकी राष्ट्रपति जोए बाइडेन, गायक तथा र्यापर कान्ये वेस्ट, माइक्रोसफ्टका संस्थापक विल गेट्स र टेस्लाका प्रमुख एलन मस्कको ट्वीटर अकाउन्ट ह्याक गर्दै ह्याकरले बिटक्वाइनकाे पक्षमा ट्वीट गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२