काटमाडौं । लोकप्रिय गेम एमङ अस (Among Us) मा भर्चुअल रियालिटी ( भीआर) फिचर थपिने भएको छ । भीआर सपाेर्टसहित मेटा क्वेस्ट, प्ले स्टेशन भीआर र स्टिम भीआरमा सार्वजनिक हुनेछ ।
सेल गेम्सले निर्माण गरेको यो गेमको भीआर संस्करण कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर ‘२०२१ गेम अवार्ड्स’ मा यसको ट्रेलर सार्वजनिक गरिएको थियो ।
‘एमङ अस’ को भीआर संस्करणमा डेभलपर इनर स्लथको युनिक मल्टिप्लेयर गेमको ‘कोर मेकानिक्स’ कायमै रहने छ । यसको भीआर नभएको संस्करण पनि डिसेम्बर १४ मा एक्स बक्स र प्ले स्टेशनमा सार्वजनिक हुने बताइएको छ ।