close

आफ्नै देशमा सेमिकन्डक्टर उत्पादन गर्न १२ खर्ब अनुदान दिँदै भारत

टेकपाना टेकपाना

मंसिर २७, २०७८ १७:५

आफ्नै देशमा सेमिकन्डक्टर उत्पादन गर्न १२ खर्ब अनुदान दिँदै भारत

काठमाडौं । पछिल्लो समय भारत प्रविधिका लागि आकर्षक केन्द्र बन्दै गएको छ । विश्वका ठूला प्रविधि कम्पनीहरू विस्तारै भारतमा प्रवेश गर्दै बजार विस्तार गरिरहेका छन् ।

गुगल, अमेजन, माइक्रोसफ्टजस्ता ठूला कम्पनीको मुख्य बजारको रुपमा स्थापित हुँदै गएको भारत स्वयम् आफू पनि प्रविधिको केन्द्र बन्ने लक्ष्यमा छ ।

त्यसैले पनि भारतले देशभित्रै सेमिकन्डक्टर उत्पादन गर्नका लागि ठूलोमात्रामा अनुदान दिने तयारी गरेको छ । भारत सरकारले आगामी छ वर्षमा १० अर्ब अमेरिकी डलर (१२ खर्ब रूपैयाँकाे हारहारी) अनुदान उपलब्ध गराउने भएको हो ।

जसमा सेमिकन्डक्टर डिजाइन, कम्पोनेन्ट म्यानुफ्याक्चरिङ र डिस्प्ले फ्याब्रिकेसन गरी कूल २० कम्पनीलाई उक्त रकम उपलब्ध गराइने छ । यो अनुदानको विषय यही साता मन्त्रिपरिषद्मा प्रस्तुत हुनेछ ।

मन्त्रिपरिषद्ले उक्त विषय पारित गरेसँगै सेमिकन्डक्टरसँग सम्बन्धित नीति निर्माण गरिने जनाइएको छ । त्यसपश्चात् सेमिकन्डक्टर निर्माण गर्ने कम्पनीसँग प्रस्ताव माग गरिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२