close

ब्याचलर्समा आईटी पढ्न चाहनेका लागि शैक्षिक मेला हुँदै

टेकपाना टेकपाना

मंसिर २७, २०७८ १६:३९

ब्याचलर्समा आईटी पढ्न चाहनेका लागि शैक्षिक मेला हुँदै

काठमाडौं । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आउँदो बिहीवारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिने आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बी एचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडीइभ्स लगायतका विषय पढाइ हुने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहनेछ ।

छैठौं शैक्षिक मेलामा करिब पाँच हजार विद्यार्थीको सहभागिता रहने अनुमान यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले बताएका छन् ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौं विश्वविद्यालयका दुई, मध्यपश्चिम विश्वविद्यालयका पाँच शैक्षिक संस्थाका साथै १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२