काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुलाई मोबाइल म्यासेजमार्फत नै फ्लाइटको जानकारी उपलब्ध गराउने भएको छ । कम्पनीले यात्रुहरूको सहजताका लागि भन्दै एसएमएस अर्लट सुरु गरेको हो ।
जाडो याम सुरु भएसँगै मौसम र कम भिजिबिलिटीका कारण धेरै उडान प्रभावित हुने गरेको छ । त्यतिमात्रै नभएर बढ्दो एयर ट्राफिकका कारण पनि उडान तलमाथि हुने गरेको छ ।
यस्ता अवस्थामा यात्रुले झन्झट ब्यहोर्नु नपरोस् भन्दै मोबाइल म्यासेजमार्फत जानकारी दिन लागेकाे कम्पनीले जनाएकाे छ ।
त्यसका लागि टिकट बुक गर्दा यात्रुलाई आफ्नो सही मोबाइल नम्बर दिनसमेत कम्पनीले आग्रह गरेको छ । त्यो हुँदा ग्राहकले समयमा यात्राको विषयमा जानकारी पाउने विश्वास कम्पनीको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
