close

ह्वावेले ल्यायो टचस्क्रिन डिस्प्ले र हार्मोनी ओएस भएको पानीको बोतल

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १४:४२

ह्वावेले ल्यायो टचस्क्रिन डिस्प्ले र हार्मोनी ओएस भएको पानीको बोतल

काठमाडौं । ह्वावेले हार्मोनी अपरेटिङ सिस्टमबाट चल्ने स्मार्ट वाटर बोतल अर्थात् पानी पिउन प्रयोग हुने बोतल सार्वजनिक गरेको छ । टचस्क्रिन डिस्प्लेसहितको यो बोतल ३१६ मिलिलिटरको स्टेनलेस (खिया नलाग्ने) स्टिलबाट बनाइएको छ ।

कालो, निलो र सेतो रंगमा उपलब्ध हुने यो बोतलले ९९.९ प्रतिशतसम्म किटाणु मार्नसक्ने क्षमता भएको कम्पनीकाे दाबी छ ।

त्यसैगरी यो बोतलको टचस्क्रिन डिस्प्ले कस्टमाइज पनि गर्न मिल्छ भने यसमा बोतलको तापक्रम चेक गर्न र आवश्यकता अनुसार परिवर्तन गर्न पनि मिल्छ ।

२५ डलर मूल्य तोकिएको यो बोतल हाल चिनियाँ बजारमा मात्र सार्वजनिक भएको छ । यो बोतल विश्वबजारका लागि सार्वजनिक हुने वा नहुने विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२