close

ब्लुटुथ चिप्समा रहको कमजोरीले अर्बौं प्रयोगकर्ताको डेटा तथा पासवर्ड ह्याकरको पहुँच

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १०:४४

ब्लुटुथ चिप्समा रहको कमजोरीले अर्बौं प्रयोगकर्ताको डेटा तथा पासवर्ड ह्याकरको पहुँच

काठमाडौं । वाईफाई तथा ब्लुटुथ चिप्समा रहेको कमजोरीका कारण अर्बौं  मोबाइल प्रयोगकर्ताको डेटा तथा पासवर्ड ह्याकरको पहुँचमा रहेको पाइएको छ । डार्मस्ट्याड विश्वविद्यालय, सीएनआईटी र सेक्योर मोबाइल नेटवर्किङ ल्याबमा भएको एक अध्ययनले ब्लुतुथ चिप्समा रहेको कमजोरीका कारण यस्ता अवस्था सिर्जना भएको हो ।

अध्ययन अनुसार ह्याकरले ब्लुटुथ चिप्समार्फत वाईफाइको ट्राफिकलाई म्यानुपुलेसन गरि प्रयोगकर्ताको पासवर्ड तथा डेटामा सहजै पहुँच बनाइरहेका छन् ।

पछिल्लो इलेक्ट्रिक डिभाइसहरुमा वाईफाई, ब्लुटुथ, भोल्ट जस्ता फिचरका लाग छुट्टै सेक्युरिटी कम्पोनेन्ट प्रयोग गरिएको हुन्छ । तर, पनि कतिपय अवस्थामा यी सबै एउटै स्रोत आधारित भएर सञ्चालित हुन्छन् ।

यिनीहरूले प्रयोग गर्ने एन्टेना, फ्रिक्वेन्सी जस्ता विषयवस्तु एउटै हुन्छन् । यसरी एउटै स्रोतको प्रयोग गर्नुको उद्देश्य कम इनर्जी खपत गर्दै कम्युनिकेसनमा उच्च लेटेन्सी प्रदान गर्न सफल होस् भन्ने हो ।

तर, यही सेयरिङ भएको स्रोत नै ह्याकरको लागि हतियार भइरहेको अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार ह्याकरका लागि यही सेयरिङ स्रोत नै एउटा चिपबाट अर्को चिपमा एक्सेस बनाउने माध्यम भएको छ । जसमार्फत ह्याकरे अर्बौं प्रयोगकर्ताको डेटा तथा पासवर्ड संकलन गर्न सफल भएका छन् । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२